वि.सं:
नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१
नेपाल सहकारी वित्तीय संस्था लि.को बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना
प्रकाशित मिति २०८१/०४/१६
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको मिति २०८१/०४/०८ को निर्णयानुसार नेपाल सहकारी वित्तीय संस्था लि., बानेश्वर, काठमाडौंलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष लेखी आएकोले सहकारी ऐन, २०७४ को दफा ११२ वमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको यस समितिको वेवसाइट coopmc.gov.np मा गै यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्नु हुन सम्बन्धित सरोकारवालहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ।