गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडको बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०३/१५

नेपाल सरकार भूमि व्यवस्थासहकारी तथा गरिवी निवारण मन्त्रालयको मिति २०८१/०३/०६ को निर्णयानुसार गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष लेखी आएकोले सहकारी ऐन२०७४ को दफा ११२ वमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफूले पाउनु पर्ने रकमको यस समितिको वेवसाइट www.coopmc.gov.np मा गई यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनलाईन मागदावी आवेदनमार्फत् सप्रमाण दावी पेश गर्नु हुन सम्बन्धित सरोकारवालहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ।

(मागदावी गर्ने समय १५ दिनलाई थप गरीएको)

अनलाईन मागदावी