गोरखा सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका बचतकर्ता, ऋणी, सञ्चालक तथा सरोकारवालाहरुलाई जरुरी सूचना

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८१/०३/०६ को निर्णयबाट समस्याग्रस्त घोषणा भै सम्पत्ती व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धी कार्य गर्न यस समितिसमक्ष लेखी आएकोमा सोही ऐनको दफा १११(१) बमोजिम सो सहकारी संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वतनिलम्बन हुने हुँदा निम्नानुसारको व्यहोरा सम्बन्धीत सबैको लागी जानकारी गराईन्छ :-

  • सञ्चालक तथा कर्मचारीले सो सहकारीसंग सम्बन्धीत सम्पूर्ण कागजात तथा सम्पत्तिहरु यस समितिसमक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनै पनि कारोवार नगर्नु नगराउनुहुन ।
  • सञ्चालक र कर्मचारीले यस समिति समक्ष उपस्थित भै आवश्यक सहयोग गर्नुहुन।
  • ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखी ऋण भुक्तानी गर्नुहुन साथै साविक सञ्चालक/कर्मचारीसंग भुक्तानी सम्वन्धी कारोवार नगर्नुहुन ।
  • वचत कर्ताहरुले वचतसंग सम्वन्धित सम्पूर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछि यस समितिसमक्ष निवेदन पेश गर्नुहुन ।
  • समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि समितिको कार्यालयसँग मात्र काम कारवाही गर्नुहुन ।
  • विस्तृत एवं अध्यावधिक सूचनाको लागि यस कार्यालयको websit- coopmc.gov.np हेर्नुहुन।