ओरेण्टल को-अपरेटिभ लिमिटेडका बचतकर्ताहरुलाई निवेदन पेश गर्ने सम्बन्धी सूचना

ओरेण्टल को-अपरेटिभ लिमिटेडका बचतकर्ताहरुलाई निवेदन पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशन मितिः २०८०/१०/२७

 

नेपाल सरकारबाट मिति 2079/6/7 मा समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेडको दायित्व भुक्तानीको लागि यस समितिसमक्ष निलम्वित अध्यक्ष सुधिर बस्नेतले ठूला बचतकर्ताहरुलाई जग्गा दिई बचत रकम हिसाव मिलाउने गरी कार्यायोजना पेश गरेको र सो सहकारी संस्थाका बचतकर्ताहरु मध्ये केही बचतकर्ताहरुले आफ्नो दावी रकम बराबर यस सहकारी संस्थाको बचतबाट विभिन्न व्यक्तिको नाममा लिएका भनी तत्कालिन यस सहकारी संस्थाका अध्यक्ष सुधिर बस्नेतले पेश गरेको जग्गाहरु जो समितिको तर्फबाट रोक्का राखिएका छन् ती जग्गाहरु नै लिई सहकारीको बचत हिसाव मिलान गर्न पाँऊ भनी यस समितिसमक्ष निवेदन पेश हुन आएको हुँदा सो सहकारी संस्थाका इच्छुक मागदावीकर्ताहरुले आफ्नो मागदावीको अनुपातमा उक्त जग्गा लिन मञ्जुर भएमा सोही व्यहोरा उल्लेख गरी सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र यस समितिको कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रकाशित गरिएको छ।