शिवशिखर बहुउद्धेशिय सहकारी संस्था लि.को बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मिति २०८०/०९/१८

नेपाल सरकार भूमि व्यवस्थासहकारी तथा गरिवी निवारण मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०८०/५/२५ को निर्णयानुसार शिवशिखर बहुउद्धेशिय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष लेखी आएकोले सहकारी ऐन२०७४ को दफा ११२ वमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको यस समितिको वेवसाइट www.coopmc.gov.np मा गै यो सूचना प्रकाशित भएको मितिले ३५ दिन  भित्र  अनलाईन मागदावी आवेदन मार्फत  सप्रमाण दावी पेश गर्नु हुन सम्बन्धित सरोकारवालहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ। यो सूचना मिति २०८०/०९/१८ को गोरखापत्र दैनिक नयाँ पत्रीका दैनिकमा समेत प्रकाशित छ।

 

अध्यावधिक :,

मागदावी पेश गर्ने समयावधि मिति २०८०/११/२१ गते सम्मको लागी थप गरिएको व्यहोरा अनुरोध छ।