जग्गा लिलाम सम्बन्धि गोप्य बोलपत्र आह्वानको सूचना

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बुद्धनगर काठमाडौं १५ दिने गोप्य बोलपत्र आह्वानको सूचना

प्रकाशित मिति : २०८०/०८/२८

सहकारी ऐन, 2074 को दफा 104 को उपदफा (2) बमोजिम नेपाल सरकारबाट मिति 2076/4/12 मा लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, कमलाक्षीलाई समस्याग्रस्त घोषणा गरी सो संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा सोही ऐनको दफा 105 अनुसार गठित यस संस्थाका ऋणी सदस्य एवं सञ्चालकहरुबाट संस्थालाई बुझाउनु पर्ने साँवा, व्याज, हर्जना, जरिवाना तिर्न बुझाउनको लागि सहकारी नियमावली, 2075 को परिच्छेद 8 को नियम 30 को उपनियम (1) को देहाय () () वमोजिम पत्राचार गर्दा, पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा समेत आफ्नो दायित्व फरफारक नगरेकाले ऋणीहरुको नाममा रहेको यस समितिबाट रोक्का राखिएका तपसिल वमोजिमका जग्गाहरु सहकारी नियमावली, 2075 को परिच्छेद 8 को नियम 30 को उपनियम (2) को खण्ड () वमोजिम चलन चल्तिको मूल्य कायम गरी सोही नियम वमोजिमको राष्ट्रिय स्तरको पत्रिकामा लेना रकम असूलीको लागि तपसिल वमोजिमको शर्त अधिनमा रही 3५ (पैतिस) दिन भित्र गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएकोमा उक्त अवधिमा कुनैपनी बोलपत्रहरु पेश हुन नआएकोले पुन: १५ (पन्ध्र) दिन भित्र गोप्य सिलबन्दी बोलपत्र आव्ह्वान गरिन्छ।

() लिलाम बिक्री हुने सम्पत्ति र मूल्य :

सि.नं.

नाम थर

ठेगाना

पद

जग्गाको विवरण

प्रतिरोपनी/प्रतिआना

न्यूनतम मूल्य

वडा नं

किता नं

क्षेत्रफल

ठेगाना

1.

मिनकृष्ण श्रेष्ठ

घुम्थाङ्ग गा.वि.स.- 4, सिन्धुपाल्चोक हाल बाह्रविसे न.पा. -7, सिन्धुपाल्चोक

निलम्वित अध्यक्ष

6

181

4-5-3-0

घुम्थाङ्ग गा.वि.स- 6 हाल बाह्रविसे न.पा. -7, सिन्धुपाल्चोक

3 लाख (प्रति रोपनि)

13,59,000।-

6

58

2-6-0-1

7,80,000।-

2.

राजेश रत्न शाक्य

 

निलम्वित सदस्य/ऋणी सदस्य

4

1342

0-0-10-0

साविक मृगौलिया वार्ड नं. -4 क हाल सुन्दर हरैंचा न.पा. -02, मोरङ्ग

7 लाख (दश धुरको एक मुष्ठ)

7,00,000।-

3.

वलराम भूजेल

साविक चित्तपोल -2, भक्तपुर

ऋणी सदस्य

8

169

1-0-0-0

साविक पिडा गा.वि.स -8 हाल गजुरी न.पा -4, धादिङ्ग

10,80,000।– (प्रतिरोपनी)

10,80,000।-

4.

वलराम भूजेल

साविक चित्तपोल -2, भक्तपुर

 

ऋणी सदस्य

3 ग

937

0-4-0-0

दुवाकोट गा.वि.स – 3 ग हाल चाँगुनारायण न.पा.  2, भक्तपुर

15,00,000।– (प्रतिआना)

 

60,00,000।-

5.

सरोज कार्की

हेटौडा उ.न.पा. 24

ऋणी सदस्य

 

9 क

322

0-2-14-5

साविक चैनपुर गा.वि.स -2 हाल खैरहनी न.पा. 4, चितवन

10,00,000।– (प्रतिकठ्ठा)

27,12,500।-

6.

सरोज कार्की

4 ख

852

0-3-7-0

साविक चैनपुर गा.वि.स -4 ख हाल खैरहनी न.पा. 3, चितवन

20,00,000।–(प्रतिकठ्ठा)

67,00,000।-

 

() शर्तहरुः

1. माथि उल्लिखित जग्गा जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न बोलपत्र पेश गर्नु पर्नेछ ।

2. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनिले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा रु.2,000।- बुझाई बोलपत्र फारम खरिद गर्न सकिनेछ ।

3. यो सूचना प्रकाशित भएको मितिले १६ औ दिन अपरान्ह 1:00 सम्म बोलपत्र पेश गरिसक्नु पर्नेछ । यसरी पेश भएका बोलपत्रहरु सोही दिन 1:30 बजे यसै समितिको कार्यालयमा बोलपत्र दाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । बोलपत्र दाता वा निजको प्रतिनिधिको उपस्थिति नभए पनि बोलपत्र खोल्न कुनै बाधा पर्नेछैन । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा उक्त कार्य सो को भोलि पल्ट हुनेछ ।

4. सिलबन्दी बोलपत्र फारममा आफूले बोलकवोल गरेको रकम केरमेट नगरी अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नु पर्नेछ । बोलपत्र दाखिल गरे पछि त्यसमा कुनै किसिमको हेरफेर गर्न पाइने छैन र बोलपत्र शर्तरहित हुनुपर्नेछ।

5. बोलपत्र पेश गर्ने व्यक्तिको हकमा निजले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र फर्म, संगठित संस्था वा कम्पनीले इजाजतपत्र, दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर र आयकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु बोलपत्रसाथ पेश गर्नु पर्नेछ । बोलपत्र फारम लिन समेत सक्कल र प्रमाणित प्रतिलिपि सहित स्वयं उपस्थित हुनु पर्नेछ ।

6. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको 10 (दश) प्रतिशत रकम कृषि विकास बैंक, पुतलीसडकमा रहेको यस समितिको बैंक खाता सहकारी व्यवस्थापन समिति लुनिभा, खाता नं. 0209901506013016 मा जम्मा गरी सो को सक्कलै भौचर बोलपत्रसाथ पेश गर्नुपर्नेछ।

7.  इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको नाममा खरिद भएको बोलपत्र अर्को व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको नामबाट पेश गर्न पाइने छैन ।

8. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले एक्लै वा संयुक्त उपक्रम मार्फत बोलपत्र प्रक्रियामा सहभागी हुनु पर्नेछ । यसरी सहभागी हुन चाहने बढीमा 3 (तीन) व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको मात्र संयुक्त उपक्रममा सम्झौता मान्य हुनेछ साथै सो उपक्रममा सम्झौताको प्रति बोलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।

9. बोलपत्र पेश गर्दा प्रत्येक कित्ताको छुट्टाछुट्टै बोलपत्र पेश गर्नुपर्नेछ ।

10. बोलपत्रको बाहिर खाममा कुन कित्ताको लागि बोलपत्र पेश गरेको हो स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

11. बोलपत्र प्रत्येक कित्ताको छुट्टाछुट्टै दर्ता गरी सोहि अनुसार खोलिनेछ ।

12. रीतपूर्वक नभरिएको, म्याद नाघी प्राप्त भएको वा न्यूनतम मूल्यभन्दा घटी मूल्य अंकित भएको वा शर्तहरु राखी पेश भएका बोलपत्रहरु उपर कुनै कारवाही हुनेछैन ।

13. समितिले बोलपत्र खोलेको मितिले 15(पन्ध्र) दिनभित्र उक्त बोलपत्र उपर निर्णय गर्ने छ । उक्त समयभित्र बोलपत्र स्वीकृत वा अस्वीकृत भए नभएको बारे जानकारी लिन बोलपत्रदाता स्वयं लिखित पत्र सहित समितिमा उपस्थित हुनु पर्नेछ र सो को जानकारी समितिले लिखित रुपमा बोलपत्रदातालाई दिनेछ ।

14. बोलपत्र स्वीकृत भएको जानकारी पाएको मितिले 15(पन्ध्र) दिनभित्र सम्बन्धित व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको बाँकी सम्पूर्ण रकम दाखिला गरी सो जग्गा/सम्पत्तिको दाखिल खारेज पत्र लिई सक्नु पर्नेछ, अन्यथा धरौटी वापत जम्मा गरेको रकम स्वतः जफत हुनेछ ।

15. लिलामिको समयमा सञ्चालक, ऋणी, ऋण रकम चुक्ता गर्न आएमा जुन सुकै समयमा उक्त सञ्चालक वा ऋणीको लिलामी प्रकृया स्थगीत हुनेछ ।

16. सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षणका पदाधिकारी, उपसमितिका पदाधिकारी, संस्थामा कार्यरत कर्मचारी र निजका नातेदारले बोलपत्रमा भाग लिन पाउने छैनन् ।

17. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस समितिमा सुरक्षित रहनेछ ।

18. जग्गा/सम्पत्ति नामसारी गर्दा लाग्ने सम्पूर्ण दै-दस्तुर लिलाम सकार गर्ने व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले व्यहोर्नु पर्नेछ ।

19. बोलपत्र स्वीकृत नभएमा सो को जानकारी प्राप्त भएको मितिले 7 (सात) दिनभित्र सम्बन्धित बोलपत्रदाताले धरौटी वापत बैंकमा दाखिला गरेको रकम सोही बोलपत्रमा उल्लेख गरिएको बैंक खातामा जम्मा हुने गरी फिर्ता गरिनेछ ।

20. लिलाम बिक्री हुने जग्गा/सम्पत्तिको विस्तृत जानकारीको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, बुद्धनगरमा सम्पर्क राख्न सकिनेछ ।

22. यो सूचना मिति २०८०/८/२८ को नया पत्रीका दैनिकमा समेत हेर्न सकिनेछ ।