तुलसी बहुमुखी सहकारी संस्था लि.को बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको  सार्वजनिक सूचना

तुलसी बहुमुखी सहकारी संस्था लि.को बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना

उपर्युक्त सम्बन्धमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति 2080/५/२५ को निर्णयानुसार तुलसी बहुमुखी सहकारी संस्था लि केन्द्रिय कार्यालय विराटनगरलाई सहकारी ऐन,२०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष लेखी आएकोले सहकारी ऐन, २९७४ को दफा ११२ वमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको यस समितिको वेवसाइट www.coopmc.gov.np मा गै यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्नु हुन सम्बन्धित सरोकारवालहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ। यो सूचना मिति २०८०/०८/०६ को गोरखापत्र दैनिक, नयाँ पत्रीका दैनिक र https://baahrakhari.com/ अनलाईनमा समेत प्रकाशित छ।