पशुपती सेभिङ्ग एण्ड क्रेडीट को-अपरेटिभ लि.को बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना

 

प्रथम पटक प्रकाशित मिति २०८०/६/११

उपर्युक्त सम्बन्धमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति 2080/4/1 को निर्णयानुसार पशुपति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड मानभवन ललितपुरलाई सहकारी ऐन,२०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष लेखी आएकोले सहकारी ऐन, 2074 को दफा 112 वमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको सप्रमाण सहित यस समितिको वेवसाइट www.coopmc.gov.np मा गै यो सूचना प्रकाशित भएको मितिले 35 दिन भित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्नु हुन सम्बन्धित सरोकारवालहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारीको लागि यस समितिको वेवसाइटमा हेर्नु हुन समेत अनुरोध गरिन्छ ।

अनलाईन मागदावी