पशुपती सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. का बचतकर्ता, ऋणी, संचालक तथा सरोकारवालाहरुलाई जरुरी सूचना

पशुपती सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. का बचतकर्ता, ऋणी, संचालक तथा सरोकारवालाहरुलाई जरुरी सूचना

https://giwmscdnone.gov.np/media/app/public/55/posts/1690452897_90.PDF

सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०८०/०४/०१ को निर्णयबाट समस्याग्रस्त घोषणा भै सम्पत्ती व्यवस्थापन तथा दायित्व भूक्तानी सम्बन्धि कार्य गर्न यस समितिसमक्ष लेखि आएकोमा सोहि ऐनको दफा १११() बमोजिम सो सहकारी संस्थाको संचालक समिति, व्यवस्थापन तथा कर्मचारीको अधिकार स्वत: निलम्बन हुने हुँदा निम्नानुसारको व्यहोरा सम्बन्धित सबैको लागी जानकारी गराईन्छ ।

  • संचालक तथा कर्मचारीले सो सहकारीसंग सम्बन्धित सम्पुर्ण कागजात तथा सम्पत्तीहरु यस समिति समक्ष बुझाई कार्यालय बन्द गर्नुको साथै कुनैपनि कारोवार नगर्नु नगराउनुहुन ।
  • संचालक र कर्मचारीले यस समिति समक्ष उपस्थित भै आवश्यक सहयोग गर्नुहुन ।
  • ऋणी सदस्यहरुले यस समितिमा सम्पर्क राखि ऋण भुक्तानी गर्नुहुन साथै साविक संचालक/कर्मचारीसंग भुक्तानी सम्वन्धि कारोवार नगर्नुहुन ।
  • वचत कर्ताहरुले वचतसंग सम्वन्धित सम्पुर्ण प्रमाणहरु सुरक्षित राखी यस समितिबाट मागदावी निवेदन आवेदनको सूचना जारी भएपछी यस समितिसमक्ष निवेदन पेश गर्नुहुन ।
  • समस्याग्रस्त घोषित संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागी समितिको कार्यालयसँग मात्र काम कारवाही गर्नुहुन ।
  • विस्तृत एवं अध्यावधिक सूचनाको लागी यस कार्यालयको websit- www.coopmc.gov.np हेर्नुहुन ।

 

केशव प्रसाद पौडेल

सदस्य-सचिव