समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लि.का साना बचतकर्ताहरु (रु ९९,९९९सम्मको मागदावी) लाई सक्कल बचत प्रमाण कार्यालयमा पेश गर्ने सम्बन्धि सूचना ।

https://giwmscdnone.gov.np/media/app/public/55/posts/1689660405_78.docx

समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लि.का साना बचतकर्ताहरु (रु ९९,९९९सम्मको मागदावी) लाई सक्कल बचत प्रमाण कार्यालयमा पेश गर्ने सम्बन्धि सूचना ।

मिति २०७९/०६/०७ मा नेपाल सरकारबाट समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लि.का बचतकर्ताहरु मध्ये रु ९९,९९९ सम्म मागदावी भएका बचतकर्ताहरुलाई वचत फिर्ता गर्ने निर्णय भएकोमा बचत फिर्ता लिने प्रयोजनका लागी यस समितिको कार्यालयमा यसपुर्व अनलाईन मार्फत मागदाबी दिनुभएका रु ९९,९९९ सम्म बचत मागदावी भएका बचतकर्ताहरुले बचत प्रमाणको सक्कल, बचतकर्ताको मृत्यु भैसकेकोमा हक प्रमाणीत हुने कागजात(मृत्यु दर्ता, नाता प्रमाणीत प्रमाणपत्र, स्थानिय तहको सिफारिस) मिति २०८०/०४/१५ सम्ममा यस कार्यालयमा पेश गर्नुहुन अनुरोध छ । यो सूचना सम्बन्धित मागदावीकर्तालाई SMS समेत गरिएको छ ।

एउटै व्यक्तिको फरक फरक खाताहरु रहेकोमा सम्पुर्ण खाताहरुको रकम जोडी कुल रकम कायम गरीएकोले आफ्नो सम्पुर्ण खाताहरुमा भएको रकम जोडी रु ९९,९९९।– सम्म भएको एकिन गर्नुहुन अनुरोध छ ।

साथै ओरेण्टल को-अपरेटिभ लि. / संचालक / ऋणिहरुको रोक्का रहेको अचल सम्पत्तिको लिलामको प्रक्रियाबाट रकम असुल गरी  रु १ लाख र सो भन्दा माथिका वचत मागदावीकर्ताहरुको रकम अर्को चरणमा वितरण गरिने व्यहोरा समेत अनुरोध छ।

 

निवेदनको ढाँचा