सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुलाई निवेदन पेश गर्ने सम्बन्धी सूचना

नेपाल सरकार

भूमि व्यवस्था,  सहकारी  तथा गरिबी निवारण मन्त्रालय

सहकारी व्यवस्थापन समितिको कार्यालय

अनामनगर, काठमाडौं

 

 

सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुलाई निवेदन पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक सूचना प्रकाशन मिति : २०८०/१/२९

नेपाल सरकारबाट मिति 2075/11/19 मा समस्याग्रस्त घोषित सोसाइटल बचत तथा ऋण सहकारी संस्था लि. को दायित्व भुक्तानीको लागि यस समितिबाट सो सहकारीको स्वामित्वमा रहेको चितवन जिल्ला साविक भण्डारा 6 (हाल राप्ती न.पा. 6) कि.नं. 109 क्षेत्रफल 0-13-0 (तेह्र कठ्ठा) जग्गा लिलामीको लागि राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गरिएकोमा तोकिएको मितिभित्र कुनै बोलपत्र कवोल प्रस्ताव नआई लिलाम हुन नसकेको अवस्था रहेकोमा सोही सहकारी संस्थाका बचतकर्ताहरु मध्ये केही बचतकर्ताहरुले आफ्नो दावी रकमको अनुपातमा सो जग्गा लिई सहकारीको बचत हिसाव मिलान गर्न पाऊँ भनी यस समितिसमक्ष निवेदन पेश हुन आएको हुँदा सो सहकारी संस्थाका इच्छुक मागदावीकर्ताहरुले आफ्नो मागदावीको अनुपातमा उक्त जग्गा लिन मञ्जुर भएमा सोही व्यहोरा उल्लेख गरी यस समितिको कार्यालयमा यो सूचना प्रकाशित भएको मितिले 15 दिन भित्र निवेदन दिनुहुन यो सुचना प्रकाशित गरिएको छ ।

फोन नम्बरः- ०१-4771999/4771681/4770474/4770932

इमेलः- info.coopmc@gmail.com  वेवसाइटः- www.coopmc.gov.np