NEP
  • NEP
  • ENG

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं: २०८२ असार ८ गते आइतबार, ०७:५२ बजे

नेपाल संवत: ११४५ तछलागा द्वादशी - २७

ओरेण्टल को-अपरेटिभ लिमिटेडका बचतकर्ताले अचल सम्पत्ती लिई बचत मागदाबी फिर्ता गर्ने सम्बन्धमा निवेदन पेश गर्ने बारे ।

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मिति २०७९/०६/०७ मा पुन: समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागी सहकारी ऐन, २०७४ को दफा १०५ बमोजिम यस समितिसमक्ष लेखी आएकोमा उक्त सहकारी संस्थाका विभिन्न ऋणीहरूका नाममा भक्तपुर जिल्ला साविक गुण्डु गाविसमा रहेका जग्गाहरु मध्येबाट यस कार्यालयमा मागदावी पेश गरेका मागदाबीकर्ताहरूले आफ्नो बचत रकम बराबरको मुल्यको जग्गा स्वेच्छाले लिई मागदाबी फिर्ता गर्न चाहेमा यो सूचना प्रकाशित भएको १५ दिन मित्र यस समितिको कार्यालय, बुद्धनगर, काठमाडौंमा निवेदन पेश गर्नु हुन सरोकारवालाहरुको लागी यो सूचना प्रकाशित गरिएको छ ।

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...