श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लि. को बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय

बुद्धनगर, काठमाण्डौ

श्री लालीगुराँस बहुउद्देशीय सहकारी संस्था लि. को बचतको अनलाईन मागदावी आवेदन पेश गर्ने बारेको सार्वजनिक सूचना 

प्रकाशित मिति : २०८०/१२/१६

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको माननीय मन्त्रीस्तरको मिति २०८०/११/२९ को निर्णयानुसार श्री लालीगुराँस बहुउद्धेशीय सहकारी संस्था लिमिटेड, पुल्चोक, ललितपुरलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि यस समिति समक्ष लेखी आएकोले सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकमको यस समितिको वेवसाइट coopmc.gov.np मा गई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाईन मागदावी आवेदन मार्फत सप्रमाण दावी पेश गर्नु हुन सम्बन्धित सरोकारवालाहरुको नाममा यो सूचना प्रकाशित गरिएको छ । साथै यो सूचना मिति २०८०/१२/१६ को गोरखापत्र दैनिक तथा नयाँ पत्रिका दैनिकमा समेत प्रकाशित छ।