समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न आउनेबारेको सूचना

समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न आउनेबारेको सूचना

समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरुलाई ऋण तिर्न आउनेबारेको सूचना

प्रकाशित मिति २०८०/११/२१

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सहकारी ऐन, 2074 को दफा 104 बमोजिम समस्याग्रस्त घोषित तपसिलमा उल्लेखित सहकारी संस्थाका ऋणीहरुले सो संस्थाबाट लिनुभएको ऋण रकमको सावाँ ब्याज यो सूचना प्रकाशित गरिएको 35 दिन भित्र समितिको कार्यालयमा उपस्थित भै राफसाफ गर्नुहुन सुचित गरिन्छ। सो समयभित्र आफ्नो दायित्त्व राफसाफ नगरेको खण्डमा सहकारी ऐन, 2074 को दफा 115 को उपदफा (1) को खण्ड (), ()() बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचिमा राख्ने समेतको कारवाही हुने व्यहोरा समेत सुचित गरिन्छ ।

तपसिलः

क्र.सं.

सहकारी संस्थाको नाम

ठेगाना

घोषणा मिति

पशुपति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.

मानभवन, ललितपुर

2080।04।01

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि.

कौशलटार, भक्तपुर

2080।05।25

तुलसी बहुमुखी सहकारी संस्था लि.

विराटनगर, मोरङ्ग

2080।05।25

हाम्रो नयाँ कृषि सहकारी संस्था लि.

महाराजगंज, काठमाडौं

2080।10।11

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लि.

कुमारीपाटी, ललितपुर

2080।10।26

कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था लि.

मिनभवन, काठमाडौं

2080।11।03