Notices

जग्गा लिलाम विक्री सम्बन्धी सूचना

Published Date: 2022-11-23 / 02:33pm

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय

अनामनगर, काठमाण्डौ ।

 

जग्गा लिलाम बिक्री सम्बन्धी सूचना

पहिलो पटक प्रकाशित मितिः२०७९/०८/०६

     सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (२) बमोजिम नेपाल सरकारबाट मिति २०७५/११/१९ मा सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समस्याग्रस्त घोषणा गरी सो संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने जिम्मा सोही ऐनको दफा १०५ अनुसार गठित यस समितिमा रहेको र  छानबिन गर्दा उक्त सहकारीको नाममा दर्ता रहेको तपसिल बमोजिमको जग्गा सिलबन्दी लिलाम बढाबढको रीतले विक्री गरी समस्याग्रस्त संस्थाको दायित्व भुक्तानी गर्नुपर्ने भएकोले निम्न बमोजिमको जग्गा निम्न बमोजिमका सर्तमा लिलाम गर्नुपर्ने हुँदा इच्छुक व्यक्ति वा संस्थाले तपसिलमा उल्लेखित जग्गा/सम्पत्ती जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले प्रचलित कानूनको अधीनमा  रही देहायका शर्तहरु पालना गर्ने गराउने गरी यो सिलबन्दी बोलपत्र आह्वान गरिएको छ।

(क) लिलाम बिक्री हुने सम्पत्ती र मूल्यः

सि.नं.

जग्गा धनीको नाम

ठेगाना

वार्ड नं.

कित्ता नं.

क्षेत्रफल

 न्यूनतम मूल्य

सोसाइटल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड,  काठमाण्डौ

साबिक भण्डारा गा. वि. स. २ (ख) हाल राप्ती न.पा.-६, चितवन

 

२ ख

१०९

(एक सय नौ)

०-१३-०-०

(तेह्र कठ्ठा)

न्यूनतम मूल्य ३० (तीस) लाख प्रतिकट्ठा

 

 

 (ख) शर्तहरुः

१. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र कार्यालय समयमा रु. २,०००। बुझाई बोलपत्र फाराम खरीद गर्न सकिनेछ ।

२. यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिन अपरान्ह १.०० बजेसम्म बोलपत्र पेश गरि सक्नु पर्नेछ। यसरी पेश भएका बोलपत्रहरु सोही दिन १.३० बजे यसै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिने छ । बोलपत्रदाता वा निजको प्रतिनिधिको उपस्थिति नभएपनि बोलपत्र खोल्न कुनै वाधा पर्ने छैन । वोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा उक्त कार्य सो को  भोलिपल्ट हुनेछ।

३.  बोलपत्र पेश गर्ने व्यक्तिको हकमा निजले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र फर्म, संगठित संस्था वा कम्पनीले  इजाजतपत्र, दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर र आयकर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरू बोलपत्र साथ पेश गर्नुपर्नेछ । बोलपत्र  फाराममा बोलपत्रदाताले आफ्नो ईमेल ठेगाना अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ । बोलपत्र फारम लिन समेत सक्कल र प्रमाणित प्रतिलिपि सहित स्वयं उपस्थित हुनु पर्नेछ ।

४. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको १० (दश) प्रतिशत रकम यस समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि विकास बैंक, (समस्याग्रस्त सोसाईटल) पुतलीसडक शाखामा खोलेको चल्ती खाता नं. ०२०९९०१३९१५४१०१३ मा जम्मा गरी सोको सक्कलै भौचर वा समस्याग्रस्त सोसाईटल सहकारीको नाममा जारी भएको क वर्गको वाणिज्य बैंकको कम्तीमा ९० ( नब्बे) दिनको बैंक ग्यारेन्टी बोलपत्र साथ पेश गर्नुपर्नेछ ।

५. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको नाममा खरिद भएको बोलपत्र अर्को व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको नामबाट पेश गर्न पाइने छैन ।

६. इच्छुक व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले एक्लै वा संयुक्त उपक्रम मार्फत बोलपत्र प्रक्रियामा सहभागी हुनु पर्नेछ । यसरी सहभागी हुन चाहने बढीमा ३ (तीन) व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीको मात्र संयुक्त उपक्रमा सम्झौता मान्य हुनेछ साथै सो उपक्रमा  सम्झौताको प्रति बोलपत्र साथ अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ।।

७ रीतपूर्वक नभरिएको, म्याद नाघी प्राप्त भएको वा न्यूनतम मूल्यभन्दा घटी मूल्य अंकित भएको वा शर्तहरु राखी पेश भएका बोलपत्रहरु उपर कुनै कारबाही हुनेछैन।

८. समितिले बोलपत्र खुलेको मितिले १५ (पन्ध्र) दिनभित्र उक्त बोलपत्र उपर निर्णय गर्ने छ । उक्त समयभित्र बोलपत्र स्वीकत वा अस्वीकृत भए नभएको बारे जानकारी लिन वोलपत्रदाता स्वयं लिखित पत्र सहित समितिमा उपस्थित हुनु पर्नेछ र सोको जानकारी समितिले लिखित रूपमा बोलपत्र दातालाई दिने छ।

९. बोलपत्र स्वीकृत भएको जानकारी पाएको मितिले १५ (पन्ध्र) दिनभित्र सम्बन्धित व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले कबुल गरेको अंकको बाँकी सम्पूर्ण रकम दाखिला गरी सो जग्गा/सम्पत्तीको दाखिल खारेज पत्र लिई सक्नु पर्नेछ, अन्यथा धरौटी वापत जम्मा गरेको रकम स्वतः जफत हुनेछ ।

१०. वोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस समितिमा सुरक्षित रहनेछ ।

११. जग्गा/सम्पत्ती नामसारी गर्दा लाग्ने सम्पूर्ण दै-दस्तुर लिलाम सकार गर्ने व्यक्ति, फर्म, संगठित संस्था वा कम्पनीले व्यहोर्नु पर्नेछ ।

१२. बोलपत्र स्वीकृत नभएमा सोको जानकारी प्राप्त भएको मितिले ७ (सात) दिनभित्र सम्बन्धित बोलपत्रदाताले धरौटी वापत बैंकमा दाखिला गरेको रकम सोही बोलपत्रमा उल्लेख गरिएको बैंक खातामा जम्मा हुने गरी फिर्ता गरिनेछ ।

१३. लिलाम बिक्री हुने जग्गा/सम्पत्तीको विस्तृत जानकारीको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय, अनामनगरमा सम्पर्क राख्न सकिनेछ ।

१४. यो सूचना यस समितिको Website www.coopmc.gov.np  र मिति २०७९/०८/०७ को नेपाल समाचारपत्र  राष्ट्रीय दैनिकमा समेत मा हेर्न सकिनेछ ।

Recent News

20
Jun
सूचना

2018-01-09

View All

Tender Notices